गोर्खा अनलाइन रेडियो यूके,

नेपाली लोक सांगीतिक क्षेत्रमा सफल र स्थापित गायिकाको रुपमा परिचित गायिका सुनिता दुलालको ‘मुखैमा चिनी‘ बोलको गीतको म्यूजिक भीडीयो भर्खरैमात्र उनको आफ्नै युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ । पछिल्लो समयमा ‘दोहोरी ब्याटल’ र ‘बोल माया’ गीतबाट निकै चर्चा कमाएका गायक प्रकाश सपुतका साथमा गाइएको उक्त गीतको लय शब्द पनि प्रकाश सापुतको नै रहेको । संगीतकार दीपक जंगमको प्रमुख आतिथ्यमा एक समारोहकाबीच गीतको म्यूजिक भीडीयो सार्वजनिक गरिएको थियो ।
तेस्तै गरि लोकप्रिय संगीतकार बीबी अनुरागीle संगीत संयोजन गरेका छन् । गम्भीर बिष्ट र नायिका केकी अधिकारीको अभिनय रहेको यस गीतमा गायिका सुनिता दुलाल स्वयंले पनि नृत्य गरेकी छन् । गम्भीर बिष्टको निर्देशन तथा कोरियोग्राफी रहेको यस गीतको म्यूजिक भीडीयोमा ज्ञानेन्द्र शर्माको छायांकन तथा नविन निरौलाको सम्पादन रहेको छ । आकर्षक नृत्य एवं अभिनय , रमणीय स्थल लगायत शब्द संगीतको समिश्रणले यस म्यूजिक भीडीयोमा थप उर्जा थपेको छ ।
‘मुखैमा चिनी‘ गीतको भीडीयो हेर्नुहोस ।
[embedyt] https://www.youtube.com/watch?v=FlxYsSQd-mM[/embedyt]





