गोर्खा अनलाइन रेडियो यूके,
अनु अधिकारी ,

मन्टेश्वरी प्रि स्कुलका बालबालिकाहरुको साँस्कृतिक नृत्य प्रतियोगिता सातदोबाटोमा अवस्थित प्रीमिएर ईन्टरनेसनल बिधालयमा सम्पन्न भएको छ । नेपाल मन्टेश्वरी एशोसिएसन, ललितपुरले आयोजना गरेको उक्त प्रतियोगितामा काठमाण्डौ, भक्तपुर र ललितपुरका १४ वटा मन्टेशोरिले सहभागिता जनाएका थिय।
उक्त प्रतियोगितामा मन्टेश्वरी कटेज इमाडोल प्रथम, मन्टेश्वरी फूलवारी द्धितिय, मन्टेश्वरी कटेज स्वयम्भु तृतीय तथा मन्टेश्वरी किन्डरवल्र्ड सोल्टीमोडले सान्त्वना पुरस्कार प्राप्त गरेको थियो ।
ललितपुर महानगरपालिकाका प्रमुख चिरिबावु महर्जनको प्रमुख आतिथ्यतामा कार्यक्रम शुभारम्भ भएको थियो। भाइबहिनीहरुले निर्धक्कका साथ नृत्य प्रस्तुत गरेका थिय।









