बेलायतका ईन्जिनीयरहरुद्वारा जिआईएस तालिम सम्पन्न

दिनेश कुमार परियार / लण्डन

बेलायतका नेपाली ईन्जिनीयरहरुले भौगोलिक सूचना प्रणालीको तालिम लिएका छन् । सोसाइटि अफ नेपालिज इन्जिनियर्स युकेले शनिबार लण्डनको ब्ल्याकहीथको एभरेष्ट ईन रेष्टुरेन्टमा आयोजना गरेको हो । जीआईएस अर्थात भौगोलिक सूचना प्रणाली सम्बन्धि सो तालिममा लन्डन र आसपासका विभिन्न विधाका १५ जना इन्जिनीयरहरु सहभागी थिए ।

जीआईएस बिज्ञ डा. बिदुर घिमिरेले सहभागीहरुलाई तालिम दिएका थिए। उनले जीआईएसको इन्जिनियरिङ्ग एप्लीकेसन, बिभिन्न सप्mटवेयरहरुकाबीच आपसी सम्बन्धको चर्चा गरिएको थियो । समाजका बरिष्ठ सदस्य तथा सल्लाहकार के. के. श्रेष्ठले यस किसिमका कार्यक्रम इन्जिनियर समुदायका लागि अति उपयोगी हुने धारणा राखे ।
107समाजका सदस्य तथा तालिमका संयोजक बेद भट्टराइले कार्यक्रम संचालन गरेका थिए । उनले आगामी दिनमा अटोक्याड , रेभिट , भिजुअल बेसिक लयायतका अरु सप्mटवयरहरुको पनि तालिम संचालन गरिने जानकारी दिए । अन्य सहभागिहरुले पनि तालिमले पुर्नताजगी गराउनुका साथै उपयोगी भएको प्रतिकृया दिए ।
समाजका अध्यक्ष शैलेन्द्र श्रेष्ठले आगामी दिनहरुमा अरु उपयोगी तालिमहरु संचालनमा ल्याउने जनाए साथै ट्रैनिङ्ग टिम र सहभागीलाई धन्यबाद दिदै प्रमाण पत्र समेत प्रदान गरे ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित