गोर्खा अनलाइन रेडियो यूके.
लण्डन । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा संघीय सांसद डा मिनेन्द्र रिजालले गोर्खालीहरुको मुद्दालाई दुइ देशबीचको दौत्य सम्बन्धको आधारमा र बेलायती कानूनको आधारमा दृढतापूर्वक र शालीनतापूर्वक हेरिनुपर्नेमा जोड दिएका छन् । ६९ औं प्रजातन्त्र दिवसको अवसरमा नेपाली जनसम्पर्क समिति बेलायतले लण्डनको फेल्थमस्थित नमस्ते गोर्खामा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी रिजालले गोर्खालीहरुको बारेमा आफ्नो धारणा राखेका थिए । वेष्ट मिनिष्टर फाउन्डेसनको निमंत्रनामा हाल बेलायत भ्रमणमा र हेका कांग्रेस नेता रिजालले बेलायती एमपीहरु, क्लर्क, सिनियर क्लर्कहरु र अन्तर्राष्ट्रिय विभागका पार्टी प्रमुखहरुसंग भेटघाट गर्ने योजना रहेको बताएका छन् ।
नेपालको पहिचानलाई विश्वसामू राख्नको लागि सर्वोच्च सिखर सगरमाथा, शान्तिका प्रतिक गौतम बुद्ध र वीर गोर्खालीहरुको महत्वपूर्ण भूमिका रहेको बताउंदै आफ्नो बेलायत बसाईका क्रममा हुने भेटघाटमा समेत गोर्खालीहरुको मुद्दालाई प्रस्तुत गर्ने बताएका छन् । गोर्खा सत्याग्रह संघर्ष समितिका निर्देशक ज्ञानराज राईले गोर्खालीहरुको आन्दोलन र आफ्ना मागहरुको बारेमा राखेको धारणालाई मध्यनजर गर्दै नेता रिजालले आवश्यक पहल गर्न आफू पछि नपर्ने आश्वासन दिएका छन् ।
गोर्खा सत्याग्रह संघर्ष समितिका निर्देशक ज्ञानराज राई ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा संघीय सांसद डा मिनेन्द्र रिजाल ।
नेपाली राजनीतिप्रति लक्षित गर्दै सधै सत्तामा बस्ने प्रथा राजतन्त्रमा मात्र हुने हुँदा प्रजातन्त्रमा तेस्तो हुननहुने भन्दै सभापति शेरबहादुर देउवाले नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने र नेता रामचन्द्र पौडेलले पनि सहज वातावरण तयार गराई पार्टी नेतृत्वमा नयाँ पुस्ता आउन जरुरी रहेको बताएका छन् । उमेर बढ्दै जाँदा बुद्धि ज्ञान बढेपनि जोश जाँगर र उर्जा घट्दै जाने हुँदा पार्टीलाई अगाडी बढाउन सम्भव नहुने असंभव हुने र गुट, उपगुटको अन्त्य गरिनुपर्ने धारणा राखेका थिए ।
ठूला ठूला माला लगाएर तस्विर खिचाउने आफ्नै पार्टीका नेताहरुप्रति लक्षित गर्दै कांग्रेस तेसै त थिचिएको तेसमाथि पनि डेढ दुई सयको माला लगाएर कांग्रेसलाइ भारी बोकाएर थिच्ने हैन बरु पार्टीलाई हलुङ्गो र फुर्तिलो बनाउनु पर्ने लन्डन उड्नु अघिको आफ्नो ट्वीटको बारेमा पनि उल्लेख गरेका थिए । काँग्रेससँग अहिलेपनि ३६ प्रतिशत जनमत रहेको र विगतमा पनि सोहि सेरोफेरोमा जानमत रहेको र दुई कम्युनिष्ट मिलेका कारणले मात्र कांग्रेस हार व्यहोर्नुपरेको बताउदै आफ्नो पार्टीप्रतिको जनसमर्थन कम नरहेकता पनि यतिमै सन्तुष्ट रहेर बस्न नहुने धारणा व्यक्त गरेका थिए । पार्टीभित्र एकआपसमा गरिने घोचपेचले कांग्रेसलाई सहि दिशामा लैजान नसक्ने पनि नेता रिजालले बताए ।
गायक पशुपति शर्माको ‘लुट्न सके लुट कान्छा’ बोलको गीतलाई युट्युबबाट हटाइएको प्रसङ्ग कोट्याउदै पूर्व संचारमन्त्री समेत रहेका रिजालले भने, सरकारकै दवाबमा गीत हटाइएको दाबि गर्दै गीत मार्फत सरकारलाई मात्र नभई सबैलाई प्रहार गरिएको बताए । चुनाबको समयमा जनतालाई ठूला ठूला सपना देखाए पनि हाल सबै निराशामा परिणत भएको र संघीयता लागू भएपनि केन्द्रको हस्तक्षेपकारी नीति देखिएको बताए ।
सभापति युवराज गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रममा पूर्वसभापति तथा सल्लाहकार लोक गुरुङ, पूर्वसभापति विनोद मोक्तान, काँग्रेस खोटाङ महासमिति सदस्य रवी प्रकाश राई, महासमिति सदस्य विश्व आदर्श पण्डित, महासमिति सदस्य तथा एसीसी युके नेता विज्ञान प्रसाई, गोरखा सत्याग्रह संघर्ष समितिका निर्देशक ज्ञानराज राई, जनसम्पर्क समितिका तस्बिर लामा, पूर्व सभासद सम्पूणानन्द ढुंगाना लगायतले आआफ्ना धारण राखेका थिए ।
जनसम्पर्क समिति बेलायका प्रवक्ता खुशी लिम्बुले संचालन गरेको कार्यक्रममा उपसभापति सुवास पोखरेलले स्वागत मन्तब्य राखेका थिए । कार्यक्रममा उपसभापति महेश दाहालले धन्यवाद मन्तव्य दिएका थिए । यस्तै जनसम्पर्क समितिका नेता विजन भट्ट, डा. मिन रानाभाट, पत्रकार महासंघ वेलायतका पूर्व अध्यक्ष्य एवं सल्लाहकार चिरन शर्मा, पत्रकार महासंघ बेलायत शाखाका उपमहासचिव नरेन्द्र बस्नेत लगायतको उपस्थिती थियो । 





