गोर्खा नालाइन रेडियो यूके,
गीतकार नृपेश उप्रेतीको शब्द रचनामा “नेपाल आइडल सिजन २” बाट टप ८ सम्म पुग्न सफल आईडल भित्रकै कान्छो गायक कृशलको स्वरको पहिलो गीत ‘ओढेर घूङ्घट’ बोलको गीतको म्यूजिक भीडीयो रिलिज भएको छ । राजधानिमा भएको एक विशेष कार्यक्रममा पत्रकार लगायत गीतका संगीतकार र म्युजिक भिडियो निर्माणका सम्पूर्ण सदस्यहाँरुको उपस्थितीमा उक्त गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो । गीतमा क्रिशल कँडेलको स्वर , अर्जुन पोखरेलको संगीत तथा गोपाल रसाइलीको एरेन्ज रहेको छ ।
दीपक आचार्यको आकर्शण निर्देशनमा तयार भएको यस गीतको म्युजिक भिडियोमा गीतका गायक क्रिशल कडेल र अहिले चर्चित बाल नायिका सेड्रीना शर्माको उत्कृस्त अभिनय हेर्न पाइनेछ । यस म्युजिक भिडियोको कोरियोग्राफी र ड्रेस डिजाइन तेञ्जु योञ्जनले गरेकी हुन् । द डिभाइन म्यूजिकद्वारा युट्युब च्यानलमा आएको उक्त गीत छोटो समयमा नै लोकप्रिय बन्न सफल भएको छ ।
‘ओढेर घूङ्घट’ म्यूजिक भीडीयो हेर्नुहोस ।
[embedyt] https://www.youtube.com/watch?v=mLW9kVz5MQo[/embedyt]





