गोर्खा अँलाइन रेडियो
ललितपुरको नख्खुस्थित एनसेल प्रा.लि.को गेटमा विष्फोट हुँदा घाइते भएकामध्ये एक जना सिंहप्रताप गुरुङको उपचारको क्रममा मृत्यु मृत्यु भएको छ । उनको मेडिसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको ललितपुर प्रहरीले जनाएको छ । गुरुङलाई सुरुमा अल्का अस्पतालमा उपचार गरिए पनि पछि मेडिसिटी लगिएको थियो ।
शुक्रबार राति बम बिष्फोट हुँदा गुरुङसहित प्रतिक्षा खड्का र अनुषा डंगोल घाइते भएका थिए । प्रतिक्षा र अनुषाको उपचार जारी छ । उनीहरुमध्ये एकजनाको अवस्था गम्भीर छ । यस घटनामा सुरक्षा गार्डको भूमिकामाथि शंका गर्दै उनीमाथि विशेष अनुसन्धान सुरु गरिएको छ भने अन्य केहि व्यक्तिलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका अधिकृतहरु पुगेका थिए ।
तेस्तै कञ्चनपुर र कास्कीमा एनसेलका टावरमा शुक्रबार राति आगजनी भएका छन् । एनसेलमाथि भएका यी अक्रमणमा विप्लव समूहको संलग्नता रहेको अनुमान छ । तर कञ्चनपुरको असैनामा आगजनी गरिएको टावर नजिकै एक पर्चा फेला परेको छ जसमा सरकारलाई कर नतिरेकाले ‘कारवाही’ गरेको व्यहोरा उल्लेख छ । घटनाको बारेमा प्रहरीले छानबिन जारी राखेको छ ।





