गोर्खांलाइन रेडियो यूके,
राजधानीमा काठमाडौंमा अपराधका घटनाक्रम दिनप्रतिदिन बढ्दै गैरहेका छन् । शुक्रबार प्रहरीको एक टोलीले संकास्पद रुपमा एउटा स्कुटर चेकजाँच गर्दा ठूलो मात्रामा लागुऔषध फेला पारेको छ । बा ७८ प ८६१४ नम्बरको स्कुटरलाई चेकजाँच गर्दा ललितपुर पाटन बस्ने प्रदिप शाक्यको साथबाट डाईजेपाम, फेनरागन र नुफिन गरी २१ एम्पुल र सिरिञ्ज १२ वटा फेला परेको हो । शाक्यलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
लागुऔषध सम्बन्धि विभिन्न घटनाहरु दैनिक रुपमा घट्ने गरेको पाइन्छ । काठमाडौंमा मात्र लागू औषध सहित ७ जनालाई प्रहरीले पक्राउ गरे को छ।जसमा जोरपाटी स्थित सुजन मगरको कोठा खानतलासी गर्दा अबैध लागुऔषधसहित पक्राउ गरेको हो। उनलाई महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले लागुऔषध सहित पक्राउ गरेको हो।फेनरागन नुफिन र डाईजोपाम गरी ४१ एम्पुल, मोबाईल सेट १८ थान , विभिन्न कार्यालय तथा विद्यालय, संस्थाहरूका छाप १ सय ८९ थान तथा विभिन्न कागजपत्रहरू पनि फेला पारेको छ ।





