गोर्खा अनलाइन रेदियू यूके,
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले एक जेलरलाई घुएसहित पक्राउ गरेको छ।मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिका वडा ६ स्थित भीमफेदी कारागारका शाखा अधिकृत मदन अधिकारीलाई घुससहित पक्राउ गरेको हो ।
रकम नदिएमा अन्यत्र कारागारमा सरुवा गरिदिने भन्दै अधिकारीले कार्यालयका चौकीदारसँग रकम मागेका थिए । शाखा अधिकृत अधिकारीलाई ७५ हजार रुपैयाँ घुस रकम लिइरहेको अवस्थामा अख्तियारको टोलीले नियन्त्रणमा लिएको थियो ।
आयोगका प्रवक्ता रामेश्वर दंगालले घुस लिदालिंदै रंगेहात पक्राउ गरिएको जानकारी दिएका थिए ।





