हिमाल आरोहण गर्न लागेका निर्मल पूर्जालाई बेलायतबाट ए स्टारले सहयोग गर्ने

गोर्खा अनलाइन रेडियो यूके,
लन्डन । विश्वका ८ हजार उचाईं माथिका सबै १४ अग्ला हिमाल आरोहण गर्न लागेका निर्मल पूर्जालाई ए स्टार फाइनान्सियल सोलुसन्स् यूकेले आर्थिक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको छ । उक्त कम्पनीले 
आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत पूर्जालाई सहयोग गर्न लागेको ए स्टार फाइनान्सियल सोलुसन्स् यूकेका इन्डिपेन्डेन्ट फाइनान्सियल एड्भाइजर मिन दर्लामीले बताए । ए स्टारले पूर्जाको अभियान जारी भएसम्म प्रत्येक एक मोर्गेज डिलबाट दश पाउण्डका दरले दिने दर्लामीले जनाए ।
पूर्जाले यसै वर्ष सन् २०१९ को ७ महिनाभित्र ८ हजार मिटर उचाईंका सबै १४ हिमाल चढ्ने महत्वकांक्षी योजनामा छन् । पूर्जाको यो महत्वकांक्षी प्रोजेक्ट एकदम खर्चिलो छ । उनलाई यो प्रोजेक्ट सम्पन्न गर्न कम्तीमा ७ लाख ५० हजार पाउण्ड आवश्यक हुने बताइएको छ ।

‘पूर्जा नेपाल र सबै नेपालीको गर्व र प्रतिष्ठा हुन् । उनको अभियानमा थोरै भएपनि साथ दिने हाम्रो प्रयास हो’- दर्लामीले भने । दर्लामीले अन्य संघसंस्थालाई पनि पूर्जाको अभियानमा सहयोग गर्न आग्रह गरेका छन् ।
सन् २०१२ मा स्थापित ए स्टारले त्यसयता आफ्नो क्षमता अनुसार विभिन्न संघसंस्थालाई आर्थिक सहयोग गर्दै आएको छ । गत वर्षमात्र ए स्टारले करिब तीन दर्जन संघसंस्थालाई सहयोग गरेको कम्पनीले जनाएको छ ।
पूर्जाको अभियानलाई एनआरएनए यूकेसहित अन्य संघसंस्थाले पनि सहयोग जुटाउन थालेका छन् ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित