सर्लाही । गत वर्षको उखुको अनुदान बक्यौता रकम माग गर्दै उखु किसान आन्दोलित बनेका छन् ।

सरकारले उपलब्ध गराउनुपर्ने अनुदान रकम प्रतिक्विन्टल ६५ रुपैयाँ २८ पैसा तथा चिनी उद्योगले दिनुपर्ने बक्यौता रकम प्रतिक्विन्टल पाँच रुपैयाँ ३६ पैसा नपाएपछि किसान आन्दोलनमा उत्रेका हुन् ।

तीन दिनभित्र उखु किसानको माग पूरा नगरे सशक्त आन्दोलन गर्ने नेपाल उखु उत्पादक किसान सङ्घका अध्यक्ष राजकुमार उप्रेतीले बताए।

“ऋण लिएर खेती गरेका किसानको खेत बिक्री गर्नुपर्ने अवस्था छ”, उनले भने। उद्योग र मन्त्रालय धाउँदासमेत अनुदान रकम पाउन नसकेको उप्रेतीले बताए ।
डिसी नेपाल

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित