स्थानीय तहमा प्रशिक्षण दिदैं काङ्ग्रेस

चितवन । नेपाली काङ्ग्रेसले चितवनले प्रत्येक स्थानीय तहमा आफ्ना नेता तथा कार्यकर्तालाई प्रशिक्षण दिन थालेको छ। गत निर्वाचनमा जिल्लाका अधिकांश स्थानीय तह, प्रदेश र सङ्घमा पराजय भोगेको यहाँको काङ्ग्रेसले नेता कार्यकर्तालाई प्रशिक्षण दिन थालेको हो।

हरेक वडा समितिका नेतृत्व तहलाई प्रशिक्षक झिकाएर बन्दकोठामा प्रशिक्षण शुरु गरेको हो। नेपाली काङ्ग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले गत महीनाबाट अभियान शुरु गरिएको जानकारी दिए। गत माघ १२ गते माडीमा पार्टीका केन्द्रिय सदस्य गगनकुमार थापाको उपस्थितिमा प्रशिक्षण गराइएको थियो।

सभापति श्रेष्ठका अनुसार माघ १६ गते खैरहनी नगरपालिकामा पार्टीका नेता धनराज गुरुङ र जीवन परियारले प्रशिक्षण दिएका थिए। त्यसै गरी माघ १९ गते राप्ती नगरपालिकामा पूर्वमन्त्रीसमेत रहेका काङ्ग्रेस नेता महेश आचार्य र बद्री पाण्डेले प्रशिक्षण दिएका थिए।

काङ्ग्रेस भरतपुर नगरसमितिले यही फागुन ७ गते पुरुषोत्तम दाहाल र जीवन परियार बोलाएर प्रशिक्षण दिन लागेको समितिका सभापति भरत अधिकारीले बताए। यसै गरी रत्ननगर नगरपालिका, कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकामा पनि प्रशिक्षण गर्ने तयारी भइरहेको काङ्ग्रेसले जनाएको छ।

सभापति श्रेष्ठले पार्टीको हालै मात्र सम्पन्न महासमिति बैठकले गरेका निर्णयका बारेमा स्थानीय तहका नेताहरुलाई जानकारी गराउन, सरकारका गलत गतिविधिका बारेमा प्रशिक्षित गराउन, काङ्ग्रेसको सिद्धान्त व्यवहारमा उतार्न र आउँदो निर्वाचनमा सबै तहमा जीत सुनिश्चित गर्न जिल्ला व्यापी रुपमा प्रशिक्षण थालिएको हो।

प्रशिक्षणमा हरेक वडाबाट कम्तिमा ४० प्रतिशत महिलासहित १० जना स्थानीय नेतालाई प्रशिक्षणमा राखिएको छ। गत निर्वाचनमा सङ्घ र प्रदेशका सबै निर्वाचनमा काङ्ग्रेसले हार बेहोरेको थियो भने स्थानीय तहमा गाउँपालिका बाहेक अन्यत्र काङ्ग्रेसको नेतृत्व शून्य भएको थियो।
रासस

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित