गोर्खा अनलाइन रेडियो यूके,
चर्चित गायक पशुपति शर्माको भर्खरै मात्र सार्वजनिक भएको ‘लुट्न सके लुट कान्छा’ बोलको गीतको म्यूजिक भीडीयो युट्युब च्यानलमा सार्वजनिक भएपछी सर्वत्र खैलाबैला मच्चिएको थियो । वर्तमान सरकारका क्रियाकलपाहरूलाई व्यंग्यात्मक प्रहार गरिएको भनिएका कारण उक्त गीत लामो समयसम्म दर्शक स्रोताहरुमाझ रहन सकेन । युट्युबमा राखिएको दोस्रो दिनमा नै यस गीतलाई तत्कालका लागि हताइएको छ । समाजमा भएका गतिविधिहरुलाई निरन्तर रुपमा सांगीतिक माध्यमद्वारा सचेत गराउने उनका थुप्रै गीतहरु चर्चामा रहेका छन् ।
गीतका शब्दहरु प्रति गरिएका आपत्तिप्रति मध्यनजर गर्दै पुन परिमार्जित गरेर उक्त गीतलाई स्रोता दर्शकहरु माझ लिएर आउने भन्दै सामाजिक संजाल फेसबुक मार्फत एक विज्ञप्ति जारी गर्दै उक्त गीतलाई हटाएको गायक पशुपति शर्माले जानकारी दिएका छन् । राजनीति र राजनैतिक व्यक्तित्वसंग पर्वाग्रह पालेर उक्त गीता नाबानाएको भएपनि आफ्ना शुभाचिन्तकहरुको असन्तुष्टी रहेकोले त्यस्ता शब्दलाई फेर्नु आफ्नो पनि दायित्व रहेको विज्ञप्ती मार्फत जानकारी गराएका छन्।
साथै सचेत नागरीकका साथै कलाकार भएको नाताले देशमा बिद्यमान भ्रष्टाचार, घुसखोरी र जिम्मेवार हरुको अकर्मण्यता बिरुद्द आवाज उठाउन पाउने आफ्नो नैसर्गीक अधिकार हो भन्ने कुरामा आफू दृढ रहेको कुरा पनि उल्लेख गरेका छन् ।
गायक पशुपति शर्माद्वारा सामाजिक संजाल फेसबुकमा जारि विज्ञप्ति यस प्रकार रहेको छ
आदरणीय श्रोता एवं दर्शकवृन्द साथै मेरा प्यारा शुभचिन्तक ज्यु हरुमा सादर नमस्कार !
हिजो रिलीज भएको मेरो “लुट्न सके लुट कान्छा” भन्ने गीतमा यहाँ हरुले देखाउनु भएको सहभागीताको लागी हार्दिक आभार ब्यक्त गर्न चाहन्छु । तर सोही गीतमा प्रयोग भएका केही शब्दहरुलाई लिएर विरोध सृजना गर्न खोजिएकाले म आफ्नो कुरा यहाँहरु समक्ष राख्न गईरहेको छु ।
सर्वप्रथम त म यहाँ हरुलाई जानकारी गराउन चाहान्छु की म राजनिती लाई त्यती गहिराई बाट बुझ्दिन । तर शुशासन कायम हुनुपर्छ र देशमा विसंगती ब्याप्त हुनु हुदैन भन्ने कुरामा म सचेत छु । मेरो गीतले बिसंगती लाई ब्यंग्य गरोस भन्ने मेरो एकमात्र ध्यय थियो।
मैले कुनै राजनैतीक आग्रह या पुर्वाग्रह पालेर त्यो गीत बनाएको पनि हैन र कुनै राजनैतिक दल या संस्था संग मेरो कुनैकिसीमको पुर्वाग्रह पनि छैन । तर गीतमा समावेश केही शब्दहरुमा मेरा केही शुभचिन्तकहरुको असंतुष्टी रहन गएकोले जुन जुन शब्दमा असंतुष्टी देखीयो म ति शब्दहरु लाई परिमार्जन गर्न गईरहेको छु । केही समय लाग्ला जुन शब्दमा असंतुष्टी देखीयो ति शब्दहरुलाई फेर्नु मेरो पनि दायित्व हो भन्ने संझीएको छु।
सुझाव दिनुहुने राजनैतिक ब्यक्तित्व हरु, मेरा अग्रज एवं समकालीन साथीहरुलाई म धन्यवाद दिन चाहन्छु साथै कुनै शब्दले कुनै संस्था विशेष या कुनै दल अथवा समुदाय विशेषलाई अफ्ट्यारो पारेको खण्डमा म अन्तर हृदय देखी माफी चाहान्छु । मेरो नियत कसैको चित्त दुखाउने नभई केवल विसंगती माथी प्रहार गर्नु र विकृतीको उजागर गर्नु मात्र थियो यसमा म पुन: प्रष्ट पार्न चाहन्छु । अहिले डिजीटल प्लेटफर्म युट्युबमा रहेको गीतलाई परिमार्जन सहीत पुन: लिएर आउने बाचा गर्दै अहिले बजिरहेको गीत युट्युब बाट मैले हटाउने निर्णय गरेको छु ।
र अन्त्यमा म पनि यही देशको एक सचेत नागरीक साथै कलाकार भएको नाताले देशमा बिद्यमान भ्रष्टाचार, घुसखोरी र जिम्मेवार हरुको अकर्मण्यता बिरुद्द आवाज उठाउन पाउने मेरो नैसर्गीक अधिकार हो भन्ने कुरामा म दृढ रहेको कुरा पनि दोहोर्याउन चाहन्छु ।
धन्यवाद ।
पशुपती शर्मा





