गोर्खा अनलाइन रेडियो यूके,
लन्डन । बेलायतका विभिन्न स्थानहरुमा छायांकन गरिएको नेपालि गीत “सुस्तरी” बोलको गीतको म्यूजिक भीडीयो सार्वजनिक भएको छ । चर्चित गायिका अन्जु पन्त गायक अनिश पाण्डेको स्वरमा सजिएको उक्ता गीतको शब्द संगीत भानु भट्टराईको रहेको छ । यस गीतको म्यूजिक भीडीयोमा लिओ टंक र अब्बी रानाले अभिनय गरेका छन् ।
बेलायतमा बसोवास गर्दै आएका डा. कपिल रिजालको निर्देशन तथा सुमन श्रेष्ठको छायांकन t तथा सम्पादन रहेको यस गीतको म्यूजिक भीडीयोलाई प्रणय दिवस अर्थात भ्यालेन्टाइन डे को अवसर पारेर के आर प्रोडक्सनले युट्युब च्यानल मार्फत सार्वजनिक गरेको हो । उक्त म्यूजिक भिडियो भेलेन्टाईन डे अर्थात् फेब्रुअरी १४ तारिक सार्वजनिक भएको हो । लन्डनको मुख्य स्थलको रुपमा चिनिने टावर ब्रिज लगायतका विभिन्न रमणीय स्थानहरुमा छायांकन गरिएको सुमन श्रेष्ठले बताएका छन् ।
म्यूजिक भीडीयो “सुस्तरी” हेर्नुहोस …
[embedyt] https://www.youtube.com/watch?v=UvHbYaLzYOw[/embedyt]





