गोर्खा अनलाइन रेडियो यूके,
लंडन मिलन शर्मा, लंडनस्थित फ़ेल्थममा आगामी मे २० तारिखका दिन बृहत रक्तदान कार्यक्रमको आयोजना गरिने भएको छ । नेपलीज ब्लड डोनर्स यूकेको आयोजनामा हुन लागेको उक्त कार्यक्रममा ४०-६० नेपालीहरूको सहभागिता रहने छ । भविष्यमा अरु नेपाली संघ संस्थाहरूसंग पनि सहकार्य गरेर अगाडी बढ्ने योजना रहेको संस्थाका साथपक अंध्यक्ष एभरेस्ट गौतमले बताएकाछन् ।
सन् २००९ मा स्थापना भएको नेपलीज ब्लड डोनर्सको यो दोश्रो बृहत रक्तदान कार्यक्रम हो । हंस्लो बरो हानवर्थ पार्कका काउन्सुलर बिष्णु गुरुंगले कार्यक्रमको सफलता साथै सहाभगिता हुने प्रतिबद्धता जाहेर गरेका छन् । सो कार्यक्रममा उल्लेखनीय सहभगिता हुने ब्लड डोनेशनमा सक्रिय रक्तदाताको विश्वास रहेको छ । सन् २०१४ मा अमेरिकामा स्थापना भएको इन्टरनेशनल नेपलीज ब्लड डोनर्स संस्थाले विश्वको विभिन्न देशमा रहेका नेपालीलाई ब्लड डोनेशनमा प्रेरणा गर्ने र संगठित गर्ने गर्दछ । नेपालका सामाजिक संस्थाहरू संग हतेमालो गर्दै स्वास्थ्य क्षेत्रमा काम गर्दछ ।
यसका संस्थापक अध्यक्ष अर्जुन प्रसाद मैनाली हुन् भने हालका अध्यक्ष अजय सत्याल हुन् । मैनालीले १६६ पटक विश्वको विभिन्न देशमा रक्तदान गरेका छन भने सत्यालले १६१ पटक रक्तदान गरेका छन् । विश्व रक्तदान दिवस मे १४ लाई लक्षित गरी नेपालीज ब्लड डोनर यूकेले मे २० का दिन बृहत रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।
फाइल फोटो – २२ जनवरी, लन्डन





