प्रदेश नं ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले पूर्वपश्चिम राजमार्गलाई क्लिन ग्रिन राजमार्ग गराउने बताउनुभएको छ । प्रदेश सरकार स्थापना दिवसमा राजमार्ग लमहीमा सरसफाइको अवसरमा बरालले बाँकेको चिसापानीदेखि नवलपरासीसम्मको राजमार्गलाई क्लिन ग्र्रिन राजमार्ग बनाउने अभियान थालेको बताउनभुयो ।
स्थापना दिवसको अवसरमा राजमार्गमा मुख्य शहर सरसफाइ कार्यक्रमको आयोजना गरिएको थियो । जसअन्तर्गत दाङको लमहीस्थित राजमार्ग सरसफाइको नेतृत्व समाजिक विकासमन्त्री बरालले गर्नुभएको थियो । प्रदेश स्थापना दिवसको अवसरमा बिहानै हातमा झाडु लिएर मन्त्री बरालसहित जनप्रतिनिधिले झण्डै एक किलोमिटर राजमार्ग सरसफाइ गरेका थिए ।
मन्त्री बरालसँगै सरसफाइमा प्रदेशसभा सदस्य इन्द्रजित चौधरी, सरस्वती गौतम, लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसीलगायत, प्रमुख जिल्ला अधिकारी, प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, देउखुरी उद्योग वाणिज्य सङ्घ, लमही जेसिजसहित लमहीमा क्रियाशील एक दर्जन सङ्घसंस्थाको सहभागिता रहेको थियो ।
रासस





