काठमाडौँ : अदालतले रु २६ लाख ७५ हजार २९५ नगद र एक वर्ष कैद सजाया सुनाएपछि फरार भएका उद्धव अधिकारी पक्राउ परेका छन् । नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोले काठमाडौँ जिल्ला अदालतको विसं २०७३ असोज ४ को फैसलाअनुसार उक्त सजाया सुनाएका काठमाडौँ साङ्ला बस्ने ५६ वर्षीय अधिकारीलाई बुधबार दरबारमार्गबाट पक्राउ गरेको हो ।

ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले पक्राउ परेका अधिकारीले गोँगबुमा चाँदनी बहुद्देश्यीय सहकारी संस्था स्थापना गरी राष्ट्र बैंकको स्वीकृति नलिइ निक्षेप सङ्कलन तथा कर्जा प्रवाह गरी ठगी गरेकाले पक्राउ गरिएको जानकारी दिनुभयो । पक्राउ परेका अधिकारीलाई काठमाडौँ जिल्ल अदालतको आदेशअनुसार कैद भुक्तानका लागि आज डिल्लीबजार कारागार पठाइएको ब्यूरोले जनाएको छ ।
रासस

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित