नुवाकोट । नुवाकोटको शिवपुरी गाउँपालिका वडा नं ८ थापागाउँमा बिहेको जन्ती बस दुर्घटना हुँदा ७ जना घाइते भएका छन्।
काठमाडौंबाट जन्ती बोकेर नुवाकोटको खरानीटारतर्फ जाँदै गरेको बा २ ख २३८६ नम्बरको बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।
उक्त दुर्घटनामा परी ७ जना घाईते भएका छन्। घाईते हुनेहरुमा ६५ वर्षीय बासुदेव थापा, २५ वर्षका रञ्जना खतिवडा, १६ वर्षीया लक्ष्मी खतिवडा, २२ वर्षका इश्वर परियार, ५० वर्षीय नेत्र बहादुर पण्डित, ३४ वर्षीय मनोज थापा र वर्ष नखुलेका राम बहादुर परियार रहेका छन्।
हाल घाईतेहरुको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भईरहेको र फरार रहेका बस चालकको खोजी भईरहेको प्रहरीले जनाएको छ।
डिसी नेपाल