रेडियो नेपालले मनायो विश्व रेडियो दिवस

काठमाण्डौ । विश्व रेडियो दिवशका अवसरमा रेडियो नेपालले आज बिहान माइतीघर मण्डलादेखि नयाँबानेश्वर हुँदै सिंहदरबारसम्म प्रभातफेरी गर्‍यो । यस बर्ष यो दिवसको नारा सम्वाद , सहिष्णुता र शान्ति भन्ने रहेको छ । संयुक्त राष्ट्रसंघीय शैक्षिक ,वैज्ञानिक तथा साँस्कृतिक संगठन युनेस्को को अग्रसरतामा सन् २०१२ देखि विश्व रेडियो दिवस विश्वभर मनाउन थालिएको हो ।

प्रभातफेरी पछि रेडियो नेपालमा आयोजित समारोहमा कार्यकारी निर्देशक सुरेशकुमार कार्कीले विश्व रेडियो दिवस मनाएजस्तै रेडियो नेपालको स्थापना दिवस चैत्र २० गतेलाई राष्ट्रिय रेडियो दिवसका रुपमा मनाउन सबैमा अनुरोध गर्नुभयो । कार्यकारी निर्देशक कार्कीले नयाँ नयाँ प्रविधि अवलम्बन गरी देश / विदेशमा रहेका नेपाली श्रोताहरुलाई समेत रेडियो नेपाल सुनाउने कार्य भैरहेको उल्लेख गर्दै रेडियो नेपालको सुधारका लागि सबै कर्मचारी एवम् श्रोताको सहयोग र सुझावको लागि आग्रह समेत गर्नुभयो ।

यही दिवसका अवसरमा रेडियो नेपालबाट आजै बिहान रेडियो सम्बन्धी अन्तरसम्वाद कार्यक्रम गरिनुका साथै रेडियोका बारेमा श्रोतासँगको प्रत्यक्ष सम्वाद कार्यक्रममा कार्यकारी निर्देशक सहभागी हुनुभएको थियो । सो क्रममा कार्यकारी निर्देशक कार्कीले रेडियो नेपाल नेपालमा रेडियोको जननी भएको स्मरण गर्दै रेडियो नेपालका श्रोताहरुले निरन्तर यसप्रति आस्था र विश्वास ब्यक्त गर्ने गरेकोमा आभार प्रकट गर्नुभयो ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित