Home > Blog > ट्याक्टर दुर्घटना हुँदा सह-चालकको मृत्यु

ट्याक्टर दुर्घटना हुँदा सह-चालकको मृत्यु

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)

विराटनगर : मोरङको ऊर्लाबारी नगरपालिका–८ को भित्री सडकमा मंगलबार ट्याक्टर दुर्घटना हुँदा सह-चालकको मृत्यु भएको छ ।

मे १ त ३८३१ नम्बरको ट्याक्टर अनियन्त्रित भएर पल्टिएको थियो । दुर्घटनामा सह-चालक झापा शिवसताक्षी नगरपालिकाका १४ वर्षीय रसिकलाल हस्दाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिनाले जानकारी दिए ।

दुर्घटनामा ट्याक्टरमा सवार ऊर्लाबारी–८ का मोहन मुर्मु घाइते भएका छन् । उनको अरनिको अस्पताल ऊर्लाबारीमा उपचार भइरहेको छ । चालक भने फरार छन् ।
अन्नपूर्ण पोष्ट

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ Untitled-1