हुम्लामा हवाई सेवा पुन: सञ्चालन

हुम्ला । हुम्लाको एक मात्र यातायातको साधन हवाई सेवा पाँच दिनपछि सञ्चालनमा आएको छ । बुधबारदेखिको भारी हिमपातपछि रोकिएको सिमकोट विमानस्थल आजदेखि सञ्चालनमा आएको प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुङ्गानाले बताए ।

सिमकोट विमानस्थलमा जमेको बाक्लो हिउँ नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बलले तीन दिनदेखि लगातार पन्छाएपछि आज ३ बजेदेखि हवाई सेवा सञ्चालनमा आउन सकेको प्रजिअ ढुङ्गानाले बताए ।

आज ३ः३० बजेदेखि नेपालगञ्जदेखि निजी एयरलाइन्सहरु तारा, सीता, समिटले उडान भरेका हुन् । पाँच दिनसम्म आवतजावत गर्न नपाएका यात्रुलाई सहज भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक रबिन श्रेष्ठले बताए ।

नेपालगञ्जदेखि निजी एयरलाइन्सले खाद्यान्न ढुवानी गरेका छन् भने हुम्लाबाट यात्रु लिएको समिट एयरलाइन्सका कालीबहादुर बोहराले बताए।
डिसी नेपाल

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित