सरस्वतीको मुर्ती सेलाउन जाँदा बस दुर्घटना, २९ जनाको मृत्यु

काठमाण्डाैँ ।सरस्वती पुजा मनाएर मुर्ती सेलाउन लाने क्रममा एउटा स्कूल बस दुर्घटनाग्रस्त हुँदा अधिकांश केटाकेटी सहित कम्तीमा २९ जनाको ज्यान गएको बताइएको छ।

भारतकाे उत्तरी राज्य हिमांचल प्रदेशमा एउटा स्कूल बस दुर्घटनाग्रस्त हुँदा कम्तीमा २९ जनाको ज्यान गएको अधिकारीहरुले जनाएका छन्। ‌ज्यान गुमाउनेहरुमध्ये अधिकांश १० वर्ष मुनिका बालबालिकाहरु भएका बताइएको छ। सरस्वती पुजाको मुर्ती सेलाउन जाने क्रममा स्कुले बस दुर्घटना भएको थियो । इन्जिनबाट छुट्टिएर यात्रुवाहक रेल उल्टो कुद्दा…काँगडा जिल्लाको नुरपुर सथित वजीर रामसिंह पठनीय मेमोरियल स्कुलका झण्डै ४० जना विद्यार्थीहरुलिएर गैरहेको बस दुर्घटनाग्रस्त भएको थियो।

एएफपी समाचार संस्थासंग कुरा गर्दै एक स्थानीय प्रहरी अधिकारीले भने, “उक्त स्कूल बस सडकबाट झण्डै २०० फिट तल गहिरो खोंचमा खस्दा २७ जना ‌विद्यार्थी, दुईजना शिक्षक तथा बस चालकको पनि ज्यान गयो। उद्धारकर्मीहरु घटनास्थलमा पुगिसकेको जनाइएको छ।

अधिकारीहरुले सो दुर्घटनाको कारण पत्ता लगाउन आदेश दिएका छन्। भारत संसारमै सबैभन्दा बढी सडक दुर्घटना हुने मुलुकहरुमध्ये एक हो। चालकको लापरवाही तथा सडक एवम् सवारी साधन राम्रोसंग मर्मत नगरिंदा अधिकांश दुर्घटनाहरु हुने जानकारहरु बताउँछन्।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित