Home > Blog > छुरा प्रहार गरी महिलाको हत्या

छुरा प्रहार गरी महिलाको हत्या

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)

इनरुवा : सुनसरीको इटहरी उपमहानगरपालिका–४ माखिम टोलमा छुरा प्रहार गरी एक महिलाको हत्या गरिएको छ ।

डेरा गरी बस्दै आएकी ३० वर्षीया सोनिया राईको स्थानीयवासी लालबहादुर राईले सोमबार छुरा प्रहार गरी हत्या गरेको हो । । हत्या गर्ने राई इलाका प्रहरी कार्यालय इटहरीको नियन्त्रणमा रहेको प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिनुभयो । राई विवाहित हुन् । उनका श्रीमान् विदेशमा छन् । हत्याबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक बुद्धि चौलागार्इंले बताउनुभयो ।
रासस

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ Untitled-1