गत जनवरी २२ तारिखमा निधन भएका अजिम धुनियाको शव कुवेतमै रोकिएको छ । धनुषा ठाडी झिगा ७ घर भएका मृतक अजिमका परिवार सम्पर्कमा नआउँदा उनको शव कुवेतमै रोकिएको छ ।
राहदानीका आधारमा मृतकको पहिचान खुलेपनि परिवारसँग सम्पर्क हुन नसकेको नेपाली राजदूतावास कुवेतले जनाएको छ । दूतावासका अनुसार मृतकको शव स्वदेश पठाउन आवश्यक कानुनी प्रक्रिया भने पुरा भईसकेको छ ।
कुवेतको कम्बाइन ग्रुप कम्पनीमा कार्यरत २८ बर्षिय अजिम धुनियाको मृत्युको कारण बारे जानकारी आइनसकेको नेपाली दुताबास कुवेतले जनाएको छ ।
डिसी नेपाल





