भूमि समस्या समाधान गर्न भूमिपीडितको माग

नुवाकोट । जिल्लाका भूमिपीडितले भूमिसम्बन्धी समस्या समाधान गर्न माग गरेका छन्।

जिल्ला भूमि अधिकार मञ्चले सोमबार प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापामार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो।

जिल्लामा पाँच हजार रोपनी विर्ता जग्गा छ। विदुर, जिलिङ, रातमाटे, दुईपीपल, गोस्र्याङ, चारघरे, खड्गभञ्याङ, गेर्खु र चौघडामा बिर्ता समस्या रहेको भूमि अधिकार मञ्च नुवाकोटका अध्यक्ष विन्दा नेपालले बताए।

जिल्लामा एक हजार ५५८ परिवारले जोतभोग गरिरहेको चार हजार ९५७ रोपनी बिर्ता जग्गा छ। पुस्तौँ पहिलेको बिर्ता समस्या हालसम्म पनि समाधान हुन नसकेको उनले बताए।

जमीनको स्वामित्व ९लालपुर्जा० नहुँदा किसान समस्या भोग्न बाध्य रहेको मञ्चका अभियन्ता कल्पना न्यौपानेले बताए। “आफूले जोतभोग र संरक्षण गरेको जमीनको स्वामित्वका लागि किसान लडाइँ लडिरहेका छन्, अझै पनि सरकारले किसानको पक्षमा निर्णय गर्न सकेको छै”, ज्ञापनपत्रमा उल्लेख छ।
डिसी नेपाल

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित