गोर्खा अनलाइन रेडियो यूके,
नेपालको पहिलो समावेशी अवार्ड नेशनल पावर न्युज म्युजिक अवार्ड २०१९ द्वारा गायिका कला पंगेनी सम्मानित भएकीछन् । राष्ट्रिय नाचघर काठमाण्डौमा आयोजना गरिएको एक कार्यक्रममा गायिका कला पंगेनीले जोगाउनुछ कालापानी बोलको गीत मार्फत अवार्ड तथा प्रमाणपत्र हात पारेकी हुन् । गीतकार एवं संचारकर्मी दुर्गा पंगेनीको शब्द तथा गायक पशुपति शर्मा र गायिका कला पंगेनीको स्वरको “जोगाउनुछ कालापानी” बोलको गीत मार्फत राष्ट्रिय भाव अन्तर्गतको विधामा उनि सम्मानित भएकी हुन् । उनले सोहि गीत मार्फत यस अघि पनि एपिक म्यूजिक अवार्ड २०१९ द्वारा राष्ट्रिय भाव अन्तर्गतको उत्कृष्ट विधामा अवार्ड प्राप्त गरिसकेकी छन् ।
” नेशनल पावरन्यूज म्यूजिक अवार्ड–२०१९ को नेपाली मुलभाषा अन्तगर्त (स्वदेशगान, गजल, चलचित्र, आधुनिक, पप, लोकगीत र लोकदोहारी) ७ विधा सहित नेपालमा वोलिने विभिन्न राष्ट्रिय भाषाहरुमा नेवारी, देउडा, तामाङ, म्हेन्दो माया, काठे, राई, लगायत ६ भाषाको उत्कृष्ट ५ को छनौट गरी मनोनय सार्वजानिक गरिएको छ । लोक तथा दोहोरी गायिका कला पंगेनीले गीत सांगितको क्षेत्रमा एक दशक भन्दा बढी समय बिताइसकेकी छन् ।





