वाइडबडी प्रकरणको विरोध गर्न काँग्रेसले बनायो डमी जहाज, फोटोफिचर

नेपाली काँग्रेसले राजधानी सहित देशभर सरकारविरुद्द प्रदर्शन गरेको छ । सो क्रममा काँग्रेसले वाइडबडी प्रकरणको विरोध गर्न डमी जहाज नै प्रदर्शन गर्‍यो ।
विरोध कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले दुई तिहाइ समर्थन प्राप्त सरकारले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई कमजोर ठानेमा उसको भूल हुने बताएका छन्।

सिंहले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार विधिको शासनमा चुकेको आरोप लगाए।

‘राणा, पञ्चायत र राजतन्त्र ढाल्न नेतृत्व गरेको कांग्रेसको जिम्मेवारीपनलाई सरकारले कमजोरी ठान्यो भने जनताले जवाफ दिन्छन्। त्यो समयमा यो सरकारले विदा लिन्छ,’ उनले भने।

वाइड बडी खरिदमा भ्रष्टाचार छानबिन नगरेको, मेलम्ची निर्माण कार्य छिटो पूरा नगरेको, रानी पोखरी पुनर्निर्माण नगरेको, जनताको सुरक्षा गर्न सरकार असफल भएको भन्दै सिंहले सरकारको आलोचना गरे।

‘दुई तिहाइ हुँदैमा सरकारले जनवादी केन्द्रीयताको सपना नदेखे हुन्छ,’ उनले भने, ‘संविधान कार्यान्वयन कम्युनिष्टले नसके कांग्रेसले गर्छ।’

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित