दशगजा नजिक डोजर चलाउँदै भारत

कञ्चनपुर । नेपाल–भारत सीमा क्षेत्रको दशगजा नजिक कञ्चनपुरको पुर्नवासको डोके बजार क्षेत्रमा भारतले डोजरको सहायताले पुनः ट्रेन्च खन्न शुरु गरेको छ ।

भारतको दुधुवा नेशनल पार्क नजिक भारतले ट्रेन्च खन्न शुरु गरेपछि वन्यजन्तुको करिडर अवरुद्ध हुने भएको छ । वन्यजन्तुको मुख्य करिडरका रुपमा रहेको दुधुवा नेशनल पार्क नजिकको क्षेत्रमा भारतले ट्रेन्च खनेर ठूलो माटोको डिल बनाउन थालेपछि वन्यजन्तुको ओहरदोहर गर्ने मार्ग अवरुद्ध हुने वन्यजन्तुबारे जानकारको भनाइ रहेको छ ।

भारतले नेपालतर्फ रहेको डोके बजार क्षेत्रको फोहर दुधुवा नेशल पार्कमा जान नदिनका लागि डिल बनाउन लागेको भन्दै आएको छ । भारतले सीमास्तम्भ नं ७५३÷१७१ नजिक झण्डै ५०० मिटर लम्बाइको ड्रेन बनाएको छ । दश दिनअघि भारतले ट्रेन्च खन्न शुरु गरेपछि नेपाली पक्षको विरोधका कारण रोकेको थियो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक कुँवेर कडायतले भारतीय पक्षले दशगजा क्षेत्रभन्दा २०० मिटर परबाट डिल बनाउन थालेको बताए ।

नेपाली पक्षसँग डिल बनाउनेबारे भारतले कुनै किसमको समन्वय नगरेको उनले बताए । यसबारे यसअघिनै गृहमन्त्रालयमा जानकारी गराई सकिएको उनले बताए । भारतले दूतावासबाट रोक्नका लागि पत्र आएपछि मात्रै रोक्ने जनाएको छ ।
रासस

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित