बागलुङ – प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ बागलुङले सरकारविरुद्धको आन्दोलनलाई चर्काउँदै गएको छ । काँग्रेसको अवरोधका बाबजुद संसदबाट ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक’ पारित भएपछि सरकारविरुद्ध आन्दोलन सुरु गरेको नेविसंघले बागलुङ वजारमा आईतवार साझ राकेजुलुस प्रर्दशन गरेको हो ।
नेपाली काँग्रेसले डा.गोविन्द केसीले उठाएका जायन माग सम्बोधन नगरेको, निर्मला पन्तको हत्यारा अझै पत्ता लगाउन नसकेको, महंगी र भ्रष्टाचार नियन्त्रण गर्न नसकेको भन्दै सरकारविरुद्ध सुरु गरेको आन्दोलनलाई विद्यार्थी संगठन नेविसंघले तीव्रता दिएको छ ।
नेपाल विद्यार्थी संघका कार्यकर्ताले निर्मला पन्तलाई न्याय दिन माग गर्दै सरकारविरुद्ध चर्का नाराबाजी लगाएका थिए ।
सरकारविरोधि नारा नारा लगाउदै धौलागिरी वहुमुखि क्याम्पस वाट सुरु भएको जुलुस जिपपार्क चोक,धौलागिरी चोक,लोकतान्त्रीकचोक हुदै हल्लनचोकमा विरोध सभा गरेको थियो । विरोध सभामा वोल्दै नेपाल विद्यार्थी संघका केन्द्रीय उपाध्यक्ष डिल्लीराम सुवेदीले नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको सर्वसत्तावादविरुद्ध लोकतन्त्रिक व्यवस्थाको रक्षाको निम्ति सडक संघर्षमा उत्रनु परेको बताए । सुवेदीले नागरिकले धान्न नसक्ने गरी कर वृद्धि गरेको ,तस्करवाट व्रामत गरेको सुन रातारात तामामा परिणत गरी तत्करी संरक्षण गर्न लागी परेको आरोप लगाए । सरकारलाई छाडा छोढेको साढेको संज्ञा पददै आफुहरु सरकार गिराउन नभई सरकालाई ठेगान लगाउन आन्दोलनमा उत्रन वाध्य भएको वताए ।
विरोध सभामा नेपाल विद्यार्थी संघका केन्द्रीय सहमहामन्त्री हरीहर शर्माले सरकारले जबरजस्ती चिकित्सा शिक्षा विधेयक पारित गरेको, मुलुकका विभिन्न ठाउँमा भएका बलात्कार हत्या जस्ता जघन्य अपराधिक घटना प्रति सरकार गम्भिर नदेखिएको आरोप लगाउँदै उसका विरुद्ध आन्दोलन गर्नु परेको बताए ।
सहमति विपरित राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गरेपछि त्यसको विरोधमा आन्दोलनलाई तीव्रता दिएको नेपाल विद्यार्थी संघ बागलुङका अध्यक्ष खडक थापाले बताए । सो कार्यक्रमको संचालन नेपाल विद्यार्थी संघका सचिव श्रीकृष्ण पौडेलले गरेका थिए ।
ढोरपाटन दैनिक





