पोखरा । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले पोखरा क्षेत्रमा अन्तर्राष्ट्रियस्तरको रङ्गशाला बनाउने बताएका छन्।
पोखरा महानगरपालिका–३३ भरतपोखरीस्थित शिशु कल्याण माध्यमिक विद्यालयको ४१ औँ वार्षिकोत्सव तथा ४२ औँ अभिभावक दिवस समारोहको आईतबार उद्घाटन गर्दै उनले पोखरा र आसपासमा एक हजार रोपनीसम्मको जग्गा उपलब्ध भएमा सरकार अन्तर्राष्ट्रियस्तरको रङ्गशाला बनाउने सोचमा रहेको बताएका हुन्।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य भीम कार्कीले समयको मागअनुरुप शिक्षा नीति परिमार्जित हुनुपर्ने बताए। उक्त अवसरमा विभिन्न विधामा उत्कृष्ट विद्यार्थीका साथै अभिभावकलाई सम्मान गरिएको थियो।
डिसी नेपाल





