ओखलढुंगा । ओखलढुंगाको चम्पादेवी गाउँपालिका ५ का टंकबहादुर कार्कीले श्रीमतीको रिसले आमाको हत्या गरेका छन्।
मादक पदार्थ सेवन गरेर श्रीमतीलाई कुटपिट गरिरहेको अवस्थामा आमाले छेक्न लाग्दा उनले आमाको हत्या गरेका हुन्।
कार्कीले बुधबार चिर्पटले हानेर ६३ वर्षीया आमा नरमाया कार्कीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय ओखलढुँगाले जनाएको छ।
छोराले हानेको चिर्पटले लागेर नरमायाको घटनास्थलमै मृत्यु भएको थियो।
मादक पदार्थ सेवन गरेर श्रीमतीलाई कुट्दा आमाले रोकेपछि आमालाई चिर्पटले हानेर हत्या गरेको प्रहरीले जनाएको छ।
डिसी नेपाल





