काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले भारतकालागि आवाशीय राजदूतमा निलाम्बर आचार्यलाई नियुक्त गरेकी छन्। राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषदको सिफारिसमा आचार्यलाई भारतकालागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।
‘आज मिति २०७५ साल माघ २० गते आइतबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा ९१० बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा श्री निलाम्बर आचार्य, काठमाडौंलाई गणतन्त्र भारतका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ,’ राष्ट्रपति कार्यलयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
तत्कालीन राजदूत दीपकुमार उपाध्यायले राजीनामा दिएपछि दिल्लीस्थित नेपाली दूतावास राजदूत विहीन थियाे।
डिसी नेपाल





