१२ वर्षे छाेरी बलात्कार गर्ने बाबुलाई ४१ वर्ष कैद

काठमाडौं। बाह्र वर्षीया छोरीलाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका ५३ वर्षीय बाबुलाई म्याग्दी जिल्ला अदालतले ४१ वर्ष कैद र पीडितलाई ५० हजार क्षतिपूर्ति भराउने फैसला गरेको छ।

नयाँ संहिताअनुसार एक महिनाअघि कसुर ठहर भइसकेको थियो। वादी र प्रतिवादी तर्फका कानुनव्यवसायीको रायप्रतिवेदन अध्ययनपछि सजाय निर्धारण गरी न्यायाधीश राजकुमार कोइरालाले शुक्रवार फैसला गरेका हुन्। घरमा एक्लै रहेका बेला बाबुले छोरीलाई बलात्कार गरेको थाहा पाएपछि आमाले प्रहरीमा जाहेरी दिएकी थिइन।
घटना मालिका गाउँपालिकामा गत भदौ दोस्रो साता भएको थियो। जाहेरी आएलगत्तै प्रहरीले आरोपीलाई पक्राउ गरेको थियो। पक्राउपछि उनले कसुर सकारेका थिए।

मुलुकी अपराध संहिता २०७४ मा बाबु–छोरी बीच हाडनाता करणी भए जन्मकैद (२५ वर्ष) जेल सजाय हुन्छ। बलत्कार भए छुट्टै १६ देखि २० वर्षसम्म कैद सजाय हुने व्यवस्था छ।
कान्तिपुर दैनिक

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित