Home > Blog > दुइ दिने खेलकुद पत्रकारिता तालिम सुरु

दुइ दिने खेलकुद पत्रकारिता तालिम सुरु

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)

नेपाल पत्रकार महासंघ बागलुङले जिल्ला फुटबल संघको सहकार्यमा दुइ दिने खेलपत्रकारिता तालिम शुरु गरेको छ । शुक्रवार देखि शुरु भएको तालिममा सदरमुकाम सहित ग्रामीण क्षेत्रमा बसेर काम गर्ने पत्रकार समेत गरी ३० जना सहभागि भएको पत्रकार महासंघका जिल्ला अध्यक्ष दिल शिरिषले बताए । विशेष गरी ग्रामीण र जिल्ला तहमा बसेर काम गर्दा पत्रकारले खेल, आर्थिक, सामाजिक, राजनीतिक, दैविप्रकोप लगायतका सबै क्षेत्रमा काम गर्नुपर्ने भएकोले दक्षता बढाउन यो तालिम आयोजना गरिएको हो । सबै क्षेत्रको काम गर्दा आइपर्ने प्राविधिक समस्या समाधानमा यो तालिम सहयोगी हुने तालिमका सहभागिले बताए ।

जिल्ला तहमा पनि हरेक बर्ष दर्जनौं खेल गतिविधि हुने गरेका छन् । ती गतिविधिलाई समाचारमा प्रस्तुत गर्ने क्षमता बढाउन यो तालिम सहयोगी भएको तालिमका सहभागि नविन शिशिर बिकले बताए । तालिममा कान्तिपुर एफएमका स्टेशन म्यानेजर पवन आचार्य र खेल पत्रकार प्रकाश तिमिल्सिनाले सहजीकरण गरिरहेका छन् । तालिमको उद्घाटन गर्दै बागलुङ नगरपालिकाका उप–प्रमुख सुरेन्द्र खड्काले खेल क्षेत्रको विकासका लागि पत्रकारहरुलाई दिईने खेल पत्रकारीता तालिम महत्वपुर्ण बन्ने बताए । उनले खेलक्षेत्रको विकासले आर्थिक उन्नतीलाई समेत सहयोग गर्ने भन्दै खेलकुदका क्षेत्रमा रहेका बिकृति बिसंगितको बिषयमा समेत कलम चलाउन पत्रकारहरुलाई आग्रह गरे ।

आगामि दिनमा पत्रकारको क्षमता विकासका लागि स्थानिय सरकारले पनि सहयोग गर्ने खड्काले बताए । कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष धनबहादुर परियार, जिल्ला फुवल संघका अध्यक्ष रामराज गुरुङ, पत्रकार महासंघका पुर्व अध्यक्ष रामबहादुर जिसी लगायतले बोलेका थिए । पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरिषको अध्यक्षता, सल्लाहकार कोपिला कँडेलको स्वागत र सचिव राम थापाको सञ्चालनमा सम्पन्न भएको थियो । तालिममा जिल्लाका बिभिन्न भागमा कृयाशिल पत्रकारहरुको सहभागिता रहेको छ ।

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ Untitled-1