काठमाण्डौ – राष्ट्रिय चिकित्सा शिक्षा विधेयक बिहीबार राष्ट्रिय सभाबाट पारित भएको छ । प्रमुुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेस साँसदको बिरोधका बीच राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले प्रक्रिया अघि बढाएपछि बहुमतका आधारमा पारित भएको हो । राष्ट्रपतिबाट प्रमाणीकरण भएर विधेयकले ऐनको रुप लिएपछि चिकित्सा शिक्षा आयोग नबन्दै यसअघि मनसायपत्र पाएकालाई मेडिकल कलेजको सम्बन्धन दिने बाटो खुल्नेछ ।
विधेयकमाथि राष्ट्रिय सभामा ३ वटा संशोधन परेका थिए । काङ्ग्रेसका राधेश्याम अधिकारी ,सरीता प्रसाईँ र राजपाका सांसद बृशेषचन्द्र लालले संशोधन हालेका थिए । संशोधनमा डा. के.सी.सँगका सम्झौताका बुँदाहरु बिभिन्न दफामा समेट्नुपर्ने आसय थियो ।
चिकित्सा शिक्षा विधेयक राष्ट्रिय सभाबाट पनि पारित
चिकित्सा शिक्षा विधेयक राष्ट्रिय सभाबाट पनि पारित
तपाईको प्रतिक्रिया





