बाग्मती सफाईको ३ सर्यौ हप्ता भव्य रुपमा मनाउने तयारी

माघ १५ सरकारले बागमती नदी सफाइ अभियानको ३ सर्यौ हप्तालाई भव्य रुपमा मनाउने तयारी गरेको छ । आगामी २६ गते सरसफाई अभियानको ३ सय हप्ताको अवसर पारेर सरकारले स्वच्छता मेरो पहिचान, सफाईमा मेरो योगदान भन्ने नारासहित मुलुकभर सरसफाईको सन्देश दिने गरी बिशेष कार्यक्रम आयोजना गर्न लागेको हो ।
तीन सय हप्ता सफाई अभियानको संयोजन शहरी बिकास मन्त्रालयले गरेको छ । अभियानको तयारी गर्न शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईको संयोजकत्वमा बिशेष कार्यक्रम मूल समारोह समिति गठन भएको छ ।
कार्यक्रमलाई भव्य एवं बिशेष बनाउन प्रधानमन्त्रीको प्रमुख आथित्यमा कार्यक्रम आयोजना गर्ने तयारी भइरहेको मन्त्रालयले जनाएको छ । उक्त सफाई अभियानलाई सफल बनाएर देशभर सरसफाईको सन्देश दिन मन्त्रालयको समन्वयमा लगातार तयारी बैठक आयोजना गरिएको शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले बताउनुभयो । मन्त्री राईले बागमती सफाई अभियानले मुलुकभर नै सरसफाईको सन्देश गएको भन्दै यसलाई सफल बनाउन सवैको सहयोग अपरिहार्य रहने उल्लेख गर्नुभयो ।
सरकारी निकाय सँगको समन्वय, अभियान्ता, विभिन्न संघसंस्था, सर्वसाधरण र बिशेष गरी सुरक्षा निकायको महत्वपुर्ण भूमिकाका कारण बागमती सफाइ अभिायानले निरन्तरता पाएको भन्दै मन्त्री राईले सरसफाईका लागि जनस्तरमा सचेतना जगाउन आवश्यक रहेको टिप्पणी गर्नुभयो ।
शहरी बिकास मन्त्रालयका सचिव डा.रमेश प्रसाद सिंहले तीन सय हप्ताको सफाई अभियानलाई सफल बनाउन मन्त्रालयले दैनिक जसो सरोकारवाला पक्षसँग छलफल गरिरहेको भन्दै काठमाण्डौ उपत्यका बाहिर पनि सरसफाई अभियानको थालनी गराउन मन्त्रालयले बिशेष पहल गर्ने बताउनुभयो ।
सफाई अभियानमा अनिवार्य उपस्थित हुन कर्मचारीलाई मन्त्री राईको निर्देशन
यसैबीच शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले तीन सय हप्ताको अवसरमा
माघ २६ गते हुन लागेको सफाई अभियानमा अनिवार्य उपस्थित हुन मन्त्रालय मातहतका सवै कर्मचारीलाई निर्देशन दिनुभएको छ ।
उक्त सफाई महाअभियानको नेतृत्व शहरी विकास मन्त्रालयले लिएकाले त्यस दिन उपस्थित भएर सरसफाईमा सहभागी हुन मन्त्री राईले कर्मचारीलाई निर्देशन दिनुभएको हो । त्यसका लागि मन्त्रालयले काठमाण्डौ उपत्यकाभित्र रहेका मातहतका सवै निकायमा कार्यरत कर्मचारीलाई अनिवार्य उपस्थित हुन पत्राचार गर्ने तयारी छ । आ–आफ्नो घर घरबाट सफाई अभियानमा सहभागी भई सहयोग गर्न समेत मन्त्री राईले सवैलाई अपिल गर्नुभयो ।
२०७० जेठ ५ गतेदेखी सुरु भएको बागमती सफाई अभियानमा हालसम्म १० लाख सहभागी भएका छन् भने २ हजार संघसंस्थाको प्रतिनिधित्व भएको छ । यो अभियानमा अहिलेसम्म करिब १२ हजार मेट्रिक टन फोहर व्यवस्थापन भएको छ । यो अभियान देशको सबैभन्दा लामो, सेवामूलक र सबैको लोकप्रिय महाअभियानका रुपमा परिचित भएको छ । २०७२ को बिनाशकारी भूकम्पका बेला समेत यो अभियान संचालन भएको थियो ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित