प्रहरी उपरीक्षक पोखरेलको अन्त्येष्टि

काठमाडौं। दुर्घटनामा परी निधन भएका सशस्त्र प्रहरी बल १२ नं गणका प्रहरी उपरीक्षक ९एसपी० बलराम पोखरेलको मंगलबार अन्त्येष्टि गरिएको छ।

एसपी पोखरलेको पशुपति आर्यघाटमा हिन्दू परम्पराअनुसार अन्त्येष्टि गरिएको सशस्त्र प्रहरी बलका प्रवक्ता एवं प्रहरी नायब महारीक्षक सुरजकुमार श्रेष्ठले जानकारी दिए।

अन्त्येष्टिका क्रममा स्व पोखरेलप्रति सशस्त्र प्रहरी बलको एक टुकडीले अन्तिम सलामी अर्पण गरेको थियो। पोखरेलको शव आइतबार राजधानी ल्याइएको थियो।

श्रद्धाञ्जलिका लागि पोखरेलको शव ढुङ्गेधारास्थित निवासमा राखिएको थियो। आजै गृहमन्त्री रामबहादुर थापा, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललगायत उच्च प्रहरी अधिकारीले निवासमै पुगेर स्व पोखरेलप्रति श्रद्धाञ्जलि व्यक्त गरेका थिए।

कर्मचारी मिलन केन्द्र बाराले आयोजना गरेको वनभोज कार्यक्रममा सहभागी भएर फर्कने क्रममा शनिबार राति प्रहरी उपरीक्षक पोखरेल चढेको जिप दुर्घटनामा परेको थियो। उक्त दुर्घटनामा परी बाराका प्रमुख जिल्ला अधिकारी गणेश भट्टराईसमेत घाइते भएका थिए।
डिसी नेपाल

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित