गोर्खा अनलाइन रेडियो,
नेपालको पहिलो समावेशी अवार्ड नेशनल पावर न्युज म्युजिक अवार्ड २०१९ को उत्कृष्ट ५ मा गीतकार एवं संचारकर्मी दुर्गा पंगेनीको शब्द तथा गायक पशुपति शर्मा र गायिका कला पंगेनीको स्वरको “जोगाउनुछ कालापानी” बोलको गीत राष्ट्रिय भाव अन्तर्गतको उत्कृष्ट पाँचको मनोनयनमा पर्न सफल भएको छ । माननिय लालबाबु पन्डितको हातबाट गायिका कला पंगेनीले मनोनयनको प्रमाणपत्र ग्रहण गरेकी थिइन् । पावर ईन्टरनेशनल मिडिया नेपाल प्रा.लि.ले आयोजना गरेको नेशनल पावरन्यूज म्यूजिक अवार्ड २०१९ को उत्कृष्ट ५ को मनोनय आज एक समारोहकाबीच सार्वजानिक गरिएको हो ।
नेपाल भित्र छरिएर रहेका विविध भाषामा तयार भएका गीत संगीतहरुको प्रवर्धनमा सहयोग पुर्याउने उदेश्यले गत वर्ष बाट यस किसिमको अवार्ड कार्यक्रमको आयोजना हुदै आएको हो । ” नेशनल पावरन्यूज म्यूजिक अवार्ड–२०१९ को नेपाली मुलभाषा अन्तगर्त (स्वदेशगान, गजल, चलचित्र, आधुनिक, पप, लोकगीत र लोकदोहारी) ७ विधा सहित नेपालमा वोलिने विभिन्न राष्ट्रिय भाषाहरुमा नेवारी, देउडा, तामाङ, म्हेन्दो माया, काठे, राई, लगायत ६ भाषाको उत्कृष्ट ५ को छनौट गरी मनोनय सार्वजानिक गरिएको छ । यहि माघ २४ गते राष्ट्रिय नाचघर जमलमा कार्यक्रमको अन्तिम नतिजा तथा पुरस्कार वितरण गरिने आयोजकले जानकारी दिएकाछन् ।
“जोगाउनु छ कालापानी”
[embedyt] https://www.youtube.com/watch?v=LlMdN2Dpfzg[/embedyt]





