गोर्खा अनलाइन रेडियो यूके,
लन्डन, नेपाली चलचित्रको क्षेत्रमा आफूलाई स्थापित बनाउन सफल चलचित्रकर्मी प्रेम लामाले प्रेमिस भिजनको ब्यानरमा चलचित्र ‘एटीन’ नो निर्माण गरेकाछन । यहि २६ जनवरीका दिन लन्डनको ह्यार्रोस्थित गोल्डेनसिप रेष्टुरेन्टमा आयोजित पत्रकार सम्मेलनमा चलचित्र ‘एटीन’ को आफिसिएल ट्रेलर तथा पोष्टर सार्वजनिक गरिएको हो । प्रेम लामाको निर्देशनमा बनेको सो चलचित्रमा तारादेवी लामा र पेमा डोल्करको संयुक्त निर्माण रहेको छ । त्यस्तै चन्द्र कुमार डोंग र तारा प्रकाश लिम्बुको संगीत, निर्मला घिसिंग र तारा प्रकाश लिम्बुको स्वर तथा चन्द्र कुमार डोंग र अन्जु श्रेष्ठको शब्द रहेको छ ।
साथै कुशल श्रेष्ठ र अरोण अशोक कुमारको छायांकन, किरण राज थापाको सम्पादन र ब्याकग्राउण्ड सौन्द डीजे एल.एक्स. पौडेलको भूमीका रहेको छ । बेलायत आएर बसेका पहिलो पुस्ता र बेलायतमा नै जन्मेर हुर्केका दोस्रो पुस्ताबीचको जेनेरेशन ग्यापको बारेमा तुलनात्मक रुपमा प्रष्ट्याउन खोजेको छ । चलचित्र एटीनमा प्रसुना कंडेल, राजदिप राई अम्बिका राई, सनमकुमार बैराग, रितेश चाम्स लगायत क्रिश एपलटन, राजा मिया,स्टेफनी सान्चेज, र मिली एन्डरसन समेतको अभिनय देख्न पाइने छ ।
यस चलचित्रलाई फेब्रुअरी २४ तारिखका दिन ह्यार्रोस्थित सफारी सिनेमा घरमा भव्य प्रिमियर गरिने भएको छ । फोटो -गोर्खा स्टुडियो / युद्ध पुन
चलचित्र ‘एटीन’को ट्रेलर
[embedyt] https://www.youtube.com/watch?v=AkRRwv5Nrvc[/embedyt]





