मोरङ । मोरङको हरैंचा नगरपालिका २ मा टिप्परको ठक्करबाट बालिकाको ज्यान गएपछि त्यहाँको स्थिती तनावपूर्ण भएको छ।
सुन्दर हरैंचा नगरपालिका ९ सिसौघारीमा आज (सोमबार) बिहान विराटचौकबाट–विराटनगरतर्फ आउँदै गरेको ना ३ ख ३३५५ नम्बरको टिपरले ठक्कर दिँदा सुन्दरहरैंचा ९ की ११ वर्षीय बालिका लक्ष्मी ढकालको ज्यान गएको हो।
तीव्र गतिमा रहेको टिप्परले बाटो काट्दै गरेकी बालिकालाई ठक्कर दिएपछि बालिकाको घटनास्थलमै ज्यान गएको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ।
ठक्कर दिएर भाग्दै गरेको टिप्पर बेलेपुर चोक नजिकै सडक छेउको एउटा रुखमा ठोक्किएर दुर्घटनामा भएको थियो। बालिकाको ज्यान गएपछि आक्रोशित भएका स्थानीयले दुर्घटनामा परेको टिप्परसहित १० वटा टिप्पर जलाएका छन्।
त्यस्तै स्थानीयले सडकमा गुडिरहेका अन्य आधा दर्जन टिप्परमा पनि तोडफोड गरेका छन्।अहिले विराटचोक-विराटनगर सडक खण्डको बेलेपुर र सिसौघारीमा स्थानीय बासिन्दाले प्रदर्शन गरेका छन्।
स्थानीय बासिन्दाले टिप्पर आतंक रोक्नु पर्ने माग गर्दै स्थानीयले प्रदर्शन थालेपछि अहिले त्यहाँको स्थिती तनावपूर्ण भएको हो।
डिसी नेपाल





