आगलागीमा डेढ करोड क्षति

तेह्रथुम । लालीगुराँस नगरपालिकाको केन्द्र वसन्तपुर बजारमा आज आगलागी हुँदा रु डेढ करोड बढीको क्षति भएको छ । आगो निभाउने क्रममा एक व्यक्ति घाइते भएका छन् ।

लालीगुराँस नगरपालिका–२ स्थित मध्यबजारमा भएको आगलागीबाट लालबहादुर याख्खाको ढुङ्गामाटाको गारो र जस्ताको छानो भएको दुईतले घर पूर्ण रुपमा नष्ट भएको छ । आगो नियन्त्रणका क्रममा छेउका दुई घरमा समेत क्षति भएको छ । छिमेकी रेनुका गुरुङ र फूलमाया गुरुङको घरमा समेत क्षति पुगेको हो ।

आगो निभाउने क्रममा स्थानीयवासी ५० वर्षीय गोपाल गुरुङ घाइते भएका छन् । उनको स्थानीय वसन्तपुर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको नगरप्रमुख अर्जुन माबोहाङले बताए।

साँझ करीब पौने ५ बजे मकलमा आगो तापेर बसेका व्यापारी छेतेन शाहको पसलबाट आगो निस्किएको थियो । पेट्रोल र ग्यासको समेत व्यापार गर्ने शाहको पसलमा मकलको आगो भुइँमा खस्दा आगो सल्किएको र आगलागी भएको प्रहरीले जनाएको छ ।

नगरपालिकाको केन्द्रमै भए पनि समयमा दमकल आएन । स्थानीयवासीले सडकमा रहेको खानेपानीको पाइप फुटाएर आगो नियन्त्रणमा सक्रियता देखाएका कारण ठूलो क्षति हुनबाट जोगिएको हो । पछि दमकल र स्थानीयवासी तथा प्रहरीको सक्रियतामा साँझ करीब ६ बजे आगो नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय वसन्तपुरले जनाएको छ ।
डिसी नेपाल

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित