भोजपुर । बहुविवाहका आरोपमा प्रहरीले दुई जनालाई बुधबार पक्राउ गरेको छ।
प्रहरीले रामप्रसाद राई गाउँपालिका-२ धोद्लेखानीबाट २३ वर्षीय लालबहादुर दर्जी र उनकी कान्छी श्रीमती हतुवागढी गाउँपालिका–२ की निर्मला दर्जीलाई पक्राउ गरेको हो।
उनीहरुलाई लालबहादुरकी जेठी श्रीमती प्रमिलाको उजूरीपछि पक्राउ गरिएको हो। विवाहपछि वडा कार्यालयमा मिलाउनका लागि छलफल गरिएकामा नमिलेपछि प्रहरीमा उजुरी परेको थियो। लालबहादुरले २०६९ सालमा जेठी श्रीमती प्रमिलासँंग विवाह गरेका थिए।
जेठीपट्टि एक सन्तान पनि छन्। उनीहरुमाथि जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान शुरु गरिएकोे जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
रासस





