भाडा घटाएर वलेवा बिमानस्थलमा जहाज चलाउन नगरपालिकाको प्रस्ताव

बागलुङ – बलेवा विमानस्थलको हवाई भाडादर घटाएर सेवालाई नियमीतता दिन बागलुङ नगरपालिकाले नेपाल एयर लायन्सलाई अनुरोध गरेको छ । सेवालाई निरन्तरता दिन नगरपालिकाले बलेवा विमानस्थलदेखि काठमान्डौ सम्मको हवाईभाडा प्रतियात्रु ५ हजारका दरले कायम गर्न प्रस्ताव गरेको हो। बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले नेपाल एयरलाइन्ससँग छलफल गरेर बलेवा विमानस्थल पून सच्चालनमा ल्याईने वताए । हामीले हवाईभाडा घटाएर सच्चालनमा ल्याउन पहल गरेका छौ, नगरप्रमुख पौडेलले भने–भाडा घटाएर पून सञ्चालन गरिनेछ ।
बलेवा विमानस्थलदेखि काठमान्डौसम्मको भाडा ६ हजार ५ सय तोकिएको थियो । यो भाडा महङ्गो भएको बन्दै स्थानियले गुनासो गरेका थिए । बलेवा विमानस्थलदेखि नियमित जहाज सच्चालनमा ल्याउन सकेमा प्रति यात्रु ५ हजार भाडा स्विकृत हुने आश्वान नेपाल एयरलाइन्सले दिइएको नगर प्रमुख पौडलले बताए । बलेवा विमानस्थलसम्म पुग्ने सडकको स्तरउन्नती गर्ने र विमानस्थलको धावनमार्ग कालपत्रे गर्ने योजनासमेत नगरपालिकाले अगाडि सारेको छ । अहिले विमानस्थलसम्म पुग्ने सडक मर्मतको काम नगरपालिकाले गरिरहेको र विमानस्थल नियमित सच्चालनमा आएमा पर्यटन मन्त्रालयवाटै नै रन वे का आधारमा कालपत्रे हुने नगर प्रमुख पौडेलले जानकारी दिए ।
जहाजको भाडा महँगो भएकाले अधिकांश यात्रुहरु जहाजमा यात्रा गर्न कठिनाई भएको र खाली सिटको आर्थिक व्ययभार नगरपालिकामा परेको थियो । यसका अलवा जहाजमा यात्रा गर्ने ब्यवसायीहरुको पनि कमी रहेको वताईएको छ । यसका लागि सवैतर्फबाट सहयोग आवश्यक पर्ने नगरपालिकाले जनाएको छ ।
गत वर्षदेखि सच्चालनमा आएको जहाजको सिटभार नगरपालिकाले बहन गर्दा नगरपालिकाको २० लाख खर्च भएको छ । अव जहाज सच्चालन गर्दा सिटभार नगरपालिकाले नवेहार्ने गरि सच्चालनमा आउने नगरप्रमुख पौडलको भनाई छ । अहिले नेपाल एयरलाइन्समा जहाजको संङ्ख्या पनि बढेको र पुराना जहाज मर्मत भएकाले नियमित जहाज सञ्चालन गर्न सहमति भएको नगरप्रमुख पौडेलले वताए । बलेवा विमानस्थल बन्द भएको २६ वर्ष पछि बागलुङ नगरपालिकाको सक्रियतामा गत वर्ष देखि सञ्चालनमा आएको थियो ।
जनमञ्च

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित