गोर्खा अनलाइन रेडियो यूके,
लन्डन । नेपाल भ्रमण वर्ष २०२० (भिजिट नेपाल २०२०) लाई सफल पार्नको लागि नेपाली दूतावास लन्डनमा शनिबार साँझ एक उच्चस्तरीय मूल समितिको गठन गरिएको छ । बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीको अध्यक्षतामा ‘नेपाल भ्रमण वर्ष २०२० उच्चस्तरिय मुल समिति यूके’ गठन गरिएको छ भने उच्चस्तरिय मुल समितिको सदस्य सचिवमा दूतावासका उपनियोग प्रमुख शरदराज आरणलाइ तोकिएको छ । उच्चस्तरीय मूल समितिमा एनआरएनए यूके, ब्रिटेन नेपाल सोसाइटी, यूके नेपाल फ्रेण्डसीप सोसाइटी, ब्रिटेन नेपाल च्याम्बर अफ कमर्स, ब्रिटेन नेपाल एनजीओ नेटवक्स, ब्रिटेन नेपाल एकेडेमिक काउन्सिल, ब्रिटेन नेपाल मेडिकल ट्रष्ट, नेपाल पत्रकार महासंघ बेलायत लगायत यूकेमा रहेका क्रियाशिल सम्पूर्ण राजनैतिक, सामाजिक, सांस्कृतिक, धार्मिक, भौगोलिक, क्षेत्रीय, जातीय र पेशागत संघसंस्था र समाजका अध्यक्षहरु पदेन सदस्य रहने छन । कार्यक्रमलाई सम्वोधन गर्दै राजदूत डा. दुर्गा बहादुर सुवेदीले नेपाल सरकारले सन २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाउने र सो वर्ष नेपाल जाने पर्यटक संख्या २० लाख पुरयाउने लक्ष्य रहेको जनाए । बेलायतबाट १ लाख पर्यटक पठाउने उद्देश्य रहेको र हामीले भोलुन्टरको रुपमा एक जना नेपालीले एज जना पर्यटक नेपाल पठाउनको लागि पहल गर्न सबैलाई आग्रह गरेका थिए ।
[embedyt] https://www.youtube.com/watch?v=XvZi2pof54g[/embedyt]
विशेष अतिथी नेपाल पर्यटन बोर्डका सिनियर डिरेक्टर आदित्य बरालले उच्चस्तरिय समिति घोषणा गरेका थिए । यस उच्चस्तरिय समितिले ‘सेन्ड होम अ फ्रेण्ड फ्रम यूके’ नारा राखेर सन् २०२० सम्म वर्षको एक लाख पर्यटक बेलायतबाट नेपाल भित्रयाउने लक्ष्य लिएको छ । उक्त कार्यक्रमका प्रमुख अतिथी ब्रिटेनको लेबर पार्टीका सांसद अध्यक्ष वीरेन्द्र शर्माले ब्रिटेनबाट नेपाल भ्रमण गर्ने पर्यटकहरुको संख्या एक लाख पुराउने लक्ष्य हासिल गर्न सकिने खालको भएको भन्दै त्यसकालागि बेलायतमा बसोबास गर्ने सबै समुदायमाझ भिजिट नेपालको सन्देश पुरयाउनु पर्ने बताए ।सो अवसरमा इन्जिनियर घनश्याम पौडेल र संयुक्त श्रेष्ठले ‘टेकु दोभान (अ यूके नेपाल फ्रेन्डसीप प्रोजेक्ट) बारे प्रस्तुति दिएका थिए ।
[embedyt] https://www.youtube.com/watch?v=wagvuXPOq0I[/embedyt]
कार्यक्रममा पर्यटन बोर्डका सिनियर डिरेक्टर आदित्य बरालले भ्रमण वर्ष अभियानबारे थप प्रष्टयाउंदै प्रवर्धनात्मक भिडियो समेत देखाएका थिए । उपनियोग प्रमुख शरदराज आरणले सञ्चालन गरेको कार्यक्रममा कोसेली सांस्कृतिक परिवार यूकेका संस्थापक मदन थापाले सारंगी धुन बजाएर मन्त्रमुग्ध पारे । फोटो हेर्नको लागि यहाँ क्लिक गर्नुहोला
[embedyt] https://www.youtube.com/watch?v=CCTwPdXoqEw[/embedyt]
[embedyt] https://www.youtube.com/watch?v=_3JUMrRDdfw[/embedyt]





