सूचना टाँसेको ७ महिनापछि बल्ल काटियो नाङ्गो तारलाई छोएको रुख

सरु पौडेल काठमाण्डौ – सिंहदरबारको दक्षिण गेट साइडमा रबर प्लान्ट र वरको बोटले बिजुलीको नाङ्गो तार छाएपछि स्थानीय सर्वसाधारणले महानगरपालिका तथा विद्युत प्राधिकरणलाई पटक पटक सूचना गरेपछि पनि टेरपुछर नलाएप्छि आफै सूचना बोर्ड बनाएर टाँसेका सर्वसाधारण अब भने ढुक्क बनेका छन् । सूचना टाँसेको केही दिनपछि अनलाइन पत्रिका तथा राष्ट्रिय पत्रिकाहरुमा समाचार आउँदासमेत वास्ता नगरेको विद्युत प्राधिकरणले गत शनिबार ७ महिनापछि बल्ल उक्त रुख काटेको छ । ‘पानी पर्दा कति मान्छेहरु त्यहीँ ओत लाग्थे , कसैलाई पर्खनुपर्दा त्यसकै आड लगाएर बस्थेँ हामी कसलाई करेन्ट लागेर बिजोग हुन्छ भनेर त्राही त्राही थियौँ ,अब बल्ल ढुक्क भयौँ’ – स्थानीयले भने ।
यसरी पटक पटक जानकारी गराउँदा पनि रुख नकाट्नु ,विद्युत जस्ता संवेदनशील कुरामा पनि बेवास्ता गरेकोप्रति स्थानीयको गुनासो रहेको छ ।
‘कतिजना रुकुमका कृष्ण ओली जस्ता हुने हुन् भन्ने पीर लागेको थियो अब ढुक्क भया’ैँ – स्थानीय एक बृद्धले भनीन् ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित