दुर्घटनामा परी २२ जना घाइते ;; ४ को अवस्था गम्भीर

काठमाडौं । पाल्पामा बिहीबार साँझ एक जन्ती बस दुर्घटनामा परेको छ । जिल्ला प्रहरी कार्यालयका डीएसपी विनोद घिमिरेका अनुसार पाल्पाका बगनासकाली गाउँपालिकामा बिहीबार साँझ करिब ७ बजे दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी २२ जना घाइते भएका छन् । घाइते मध्ये ४ जनाको अवस्था गम्भीर रहेको डीएसपी घिमिरेले डीसीनेपाललाई बताए । उनले घाइते सबैको पाल्पा तानसेनस्थित यूनाईटेड मिसन अस्पतालमा उपचार भइरहेको जानकारी दिए ।

पाल्पाको चिलाङदीबाट दाङको लमही नगरपालिका ४ लमहीमा बेहुली लिन गएको ना ५ ख ७२३८ नम्बरको बस बेहुली लिएर फर्किँदै गर्दा अनियन्त्रित भएर ३५ जना यात्रु रहेको बस पल्टिएको थियो ।

बसमा रहेका यात्रु मध्ये २२ जना घाइते भएको र बाँकी सकुशल रहेको डीएसपी घिमिरेले जानकारी दिए । उनले बस दुर्घटनाको प्रारम्भिक अवस्था हेर्दा तिब्र गति कारण हुनसक्ने बताए । उनले घटाबारे थप अनुसन्धान जारी रहेको बताए ।
डिसी नेपाल

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित