फुल व्यापारीले कमाउँछन् दिनमै लाखभन्दा बढी

सरु पौडेल ,काठमाण्डौ – पछिल्लो समयमा फुलको व्यापार निकै फस्टाउँदै गएको छ । कुनै विवाह ब्रतबन्ध तथा अन्य शुभकार्यमा पनि फुलको प्रशस्त प्रयोग गरिन्छ । कसैलाई सम्मान गर्न होस् ,कसैलाई उपहार दिन या मृत्यु हुँदासमेत फुलको प्रयोग गरिन्छ ।
काठमाण्डौको त्रिपुरेश्वरमा रहेका फुल पसलहरुमा एक दिनमै एक लाखभन्दा बढीसम्मको व्यापार हुने व्यापारीहरु बताउँछन् । सयपत्री फुल ,बुकी फुल ,दुबो ,मखमली फुललगायत अन्य फुलहरुको मूल्इ दर फरकफरक रहेको व्यापारी बताउँछन् ।
नेपालबृटेनसँग कुरा गर्दै एक व्यापारीले भने – सिजन हेरेर हुन्छ विहेको सिजनमा २ लाखसम्म पनि व्यापार हुने गरेको छ । फुल हेरेर र कत्तिको बाक्लो सजाउने हो त्यो हेरेर गाडी सजाउनको लागि पनि फरक फरक मूल्य हुन्छ ।५ हजारदेखि पैँतिस हजारसम्म गाडी सजाएको मूल्य पर्छ । कहिलेकाहीँ दिनमा १० भन्दा बढी गाडीपनि सजाइन्छ । त्यसैगरी दुवोको माला ८०० सम्म ,बुकी २५० दखि ११०० सम्म ,सयपत्रिी ४०० सम्म र मखमली ३५० सम्म बिक्री गर्ने गरिएको छ । फुलहरु प्राय इन्डियाबाट आयात हुने हँदा पनि महँगो पर्न गएको व्यापारीहरु बताउँछन् ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित