इलाम – इलाममा नौं दिनदेखि अनशनरत् डा. गोविन्द केसीको स्वास्थ्य स्थिति गम्भीर भएपछि उहाँलाई उपचारको लागि काठमाडौँ ल्याइने तयारी गरिएको छ ।
डा.केसीको मुटुको समस्यासहित स्वास्थ्य अवस्था कमजोर भएपछि काठमाडौँ ल्याइने लागिएको हो । “डा. केसीको शारीरिक स्थिति एकदमै कमजोर छ, त्यसैले हामीले चिकित्सकको टोलीसँग समन्वय गरेर काठमाडाँै ल्याइने तयारी गरेका हौं’ डा.केसीका सहयोगी अविशेषराज सिंहले भन्नुभयो ।
डा.केसीलाई उहाँको स्वास्थ्यस्थिति कमजोर भएपछि जीवन रक्षाका लागि भएपनि काठमाडौं ल्याइन लागिएको इलामका प्रंमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले जानकारी दिनुभयो । डा केसीलाई आजै एम्बुलेन्स मार्फत भद्रपुर लगिएको र त्यहाँबाट काठमाडौं भने नाइटभिजन हेलिकप्टरमा ल्याउने बताइएको छ ।
रासस





