गोर्खा नालाइन रेडियो यूके,
लन्डन, बेलायती प्रधानमन्त्री टेरेसा मे माथी लेबर पार्टीद्वारा मंगलबार साँझ प्रस्तावित अविश्वासको प्रस्तावमा मेलाई विश्वासको मत प्राप्त भएको छ | बिधबार सांझा हाउस अफ कमन्समा मतदान हुँदा मेको पक्षमा ३ सय २५ मत खस्यो भने विपक्षमा ३ सय ६ मत खस्येको थियो । मंगलबार सांझ प्रधानमन्त्री मेको ब्रेक्जिट प्रस्ताव विरुद्ध उत्रियका कन्जरभेटिभका संसद तथा डियुपीका संसद्को सहयोगका कारण मेलाई विश्वासको मत प्राप्त गर्न सहज बनेको हो ।
लेबर पार्टीद्वारा प्रस्तावित अविश्वासको प्रस्तावमा एसएनपी, लिबरल डेमोक्र्याट लगायतका अन्य विपक्षीले सहयोग गरेका थिए । विश्वासको मत आफ्नो पोल्टामा परेपछि प्रसन्न हुँदै प्रधानमन्त्री मैले सरकारमाथि विश्वास कायमै रहेको बताउंदै बेलायती जनताद्वारा प्राप्त ब्रेक्जिटको समस्यालाई सफलताकासाथ अगाडी बढाउने बताएकी छन् । चाडै नै मेले ब्रेक्जिट सम्बन्धि सम्झौतालाई नयाँ रुपमा संसद्समक्ष प्रस्तुत गर्नेछिन् । एकदिन अघिमत्र भएको ब्रेक्जिट सम्झौता प्रस्ताव बेलायती संसदद्वारा भारी मतले अस्वीकृत भएको थियो । प्रधानमन्त्री टेरेजा मेको प्रस्तावका विपक्षमा ४३२ मत परेको छ भने पक्षमा जम्मा २०२ मतमात्र परेको थियो ।
Foto source-Internet





