गोर्खा अनलाइन रेडियो यूके,
नेपालको राष्ट्रिय मौलिकता बोकेको लोक संगीतले पछिल्लो समय नेपाली सांगीतिक बजारमा निकै लोकप्रियता कमाउदै गैरहेको छ, चाहे त्यो स्वदेशमा होस् या त विदेशमा नै किन नहोस । नेपाली परिवेश र गाउँघरको सम्झना बोकेको लोक लय सबैको मनमा बस्नु स्वभाविक नै हो । हालै मात्र आरति मिडियाको प्रस्तुतिमा युदिन न्यौपाने को नयाँ गीत “जोगी” को सार्बजनिक भएको छ ।
मीडियाकर्मी किस्ना आचार्य रोशनी को शब्द सिर्जनामा लोकप्रिय सर्जक तथा गायक प्रेम सापकोटा सोनु र पुर्णकला बिसी को आवाजमा रहेको उक्त गीतमा ले पनि गायक सोनुको नै रहेको छ । प्रेम सापकोटाको निर्देशनमा तयार गरिएको सो गीतको म्यूजिक भीडीयो गोबिन्द बिष्ट को छायांकन र सम्पादन रहेको छ । यस म्युजिक भीडियोमा युदिन न्यौपाने / सोना केसी र अर्जुन कडेलको उत्कृष्ट अभिनय देख्न पाइनेछ ।
म्यूजिक भीडीयो “जोगी” हेर्नुहोला ।





