अचम्मको मन्दिर ,जहाँ चिच्याएर वर मागे मात्र पुरा हुन्छ

बाग्लुङ जिल्लाको दक्षिण भागको बरेङ गाउँपालिकाको साग्दी भन्ने ठाउँमा अवस्थित सत्यवती ( बैरी बज्यैको) मन्दिरमा वर्षको दुईचोटी मात्र पुजा हुन्छ । चर्को आवाजमा चिच्याएर वर मागे मागेको कुरा पुग्ने यस मन्दिरमा जेठको पूर्णिमा र मंसिरको धान्य पूर्णिमामा मात्र पूजा हुन्छ ।अरु दिन यो मन्दिर खुल्दैन ।
वर्षको २ चोटी मात्र पुजा हुने हुनाले अघिल्लो दिन नै भक्तजनहरुको भिड हुने गर्दछ । अघिल्लो राती १०– ११ बजेदेखि नै मन्दिरमा पुजा गर्नको लागि भक्तजनहरु लाइनमा बस्दछन् । अघिल्लो दिनदेखि नै पञ्चहल ल्याउन सुरु गरिन्छ र पूर्णिमाको दिन दिउँसो १२ बजेपछि मात्र बलि दिने पूजा सुरु हुन्छ र त्यो दिन राती १२ बजेसम्म मेला लाग्ने गर्दछ ।
यस मन्दिरका अनेक किंवन्ती पाइन्छन् । पहिले मनमनै वर मागेपनि हुने यी देवी पछि भक्तजनहरुले नकरात्मक वर माग्न थालेपछि वैरी बनेको र डाडाँदेखि तल झरेर बसेको किंवदन्ती बुढापाकाहरु गर्दछन् ।
मन्दिर डाडाँको तल रहेको छ यसको नजिकै खासै घरहरु छैनन् । केही तल भने मगर बस्ती रहेको छ ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित